दफा १३
समितिको बैठक
: (१) तोकिएको समय र स्थानमा समितिको बैठक बस्नेछ र समितिको बैठकको कार्यविधि तोकिएबमोजिम हुनेछ । अध्यक्ष वा निजको अनुपस्थितिमा सो बैठकको निमित्त सञ्चालकहरूले आफूहरूमध्येबाट छानेको सञ्चालकले समितिको बैठकको
अध्यक्षता गर्नेछ ।
(२) समितिमा तत्काल कायम रहेका सदस्यहरूको कूल संख्याको आधिभन्दा बढी सदस्यहरू बैठकमा उपस्थित भएमा समितिको कोरम पुगेको मान्नु पर्दछ र कोरम
नपुगेमा सो बैठक स्थगित गरिनेछ ।
(३) समितिको बैठकमा उपस्थित भै मत दिने सञ्चालकहरूको बहुमतले सबै कुराको निर्णय हुनेछ । अध्यक्षता गर्ने सञ्चालकले साधारणतया मत दिन पाउने छैन तर
बराबर मत भएमा निर्णयात्मक मत दिन पाउनेछ ।